कार्तिक २, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान चाड विजया दशमीले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘दशैँघरमा कृषि औजार र विभिन्न बनस्पतिकोपूजा गरिने चलनलेमानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने छ ।’
उहाँले सन्देशमा यी बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्