कार्तिक २, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा रहेका विविध जातजाति, धर्म, संस्कृतिक तथा परम्पराहरु साझा प्रतिकका रुपमा सवै चाडपर्वहरु रहेको बताउनुभएको छ ।
नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा सुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातजाति र धर्मावलम्वीको साझा प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरिएको बताउनुभएको छ ।
सन्देशमा विभिन्न जातजाति, समुदाय, भूगोल र धर्मावलम्बीबाट विशिष्ट परम्परा हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उल्लेख गर्दै बडादशैँको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्