समाचार

प्रकृतिको सुन्दर छटनमुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले धनी : उपराष्ट्रपति पुन



कार्तिक २, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रकृतिको सुन्दर छटामुनि रहेका नेपाली धर्म, संस्कार, संस्कृतिले अत्यन्तै धनी रहेको उल्लेख गर्नुभएको छ ।

नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने यस्ता चाडपर्वले आपसी सद्भाव बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘शरद ऋतुको महान् चाड दशैंले सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, सहयोग र स्नेह बढाउने बताउँदै उपराष्ट्रपति पुनले हाम्रा चाडपर्वले धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई सम्मान गर्दै सामाजिक, सद्भाव, एकता र साझा पहिचानसहित सहिष्णुता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने छ ।’