कार्तिक ३, काठमाडौँ । दशैंसँगै नक्कली नोटको विगविगी भएसँगै नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो । नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् । उनीहरुको सथबाट काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्