कार्तिक ५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेतृत्वको बीचमा आंका नभई सुदृढ एकता कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन एक ढिक्काभई लाग्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको नेकपाको सचिवालय बैठकले सांसद रामवीर मानान्धरको राजीनामा पत्र अस्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टी एकीकरण प्रक्रियालाई हरहालतमा चाँडो टुंगो लगाउने, सरकारलाई सफल बनाउन सबैले एकतावद्ध भएर लाग्ने निश्कर्ष निकालेको छ । त्यस्तै पार्टी एकता र सरकारका विषयमा स्थायी कमिटीको बैठकमा छलफल हुने भएको छ ।
सचिवालयको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । त्यसैगरी नेकपाको स्थायी कमिटीको बैठक कात्तिक १२ र १३ गते बोलाइएको छ ।










प्रतिक्रिया दिनुहोस्