कार्तिक ५, काठमाडौं । महिला च्याम्पियनसिपको छनोट खेल्न नेपाली यू–१९ महिला फुटबल टोली आज सोमबार थाइल्याण्ड जाँदैछन ।
नेपाली टोली अपरान्ह १ बजे थाइल्याण्ड प्रस्थान गर्ने कार्यकम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
छनोटको समूह बि मा रहेको नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र थाइल्याण्डबीचको खेल अक्टोबर २४ बुधबार चोनबुरी स्टेडियममा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्