कार्तिक ५, राजविराज । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ मा सोमबार बिहान माइक्रो बसको ठक्करले एक पैदल यात्रीको मृत्यु भएको छ ।
बिराटनगरबाट काठमाडौं जाँदै गरेको बा ५ ख १४५१ नम्बरको माईक्रो बसको ठक्करबाट स्थानीय ६५ वर्षिय अन्दुलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न माईक्रो बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्