कात्तिक ५, काठमाडौं । भारतमा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ।
सोमबार गोरखपुरबाट वारणासीतर्फ गइरहेका कारलाई अर्को गाडीले ठक्कर दीदा ४ नेपालीको मृत्यु र तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरु सिन्धुली जिल्लाका रहेका बताएका छन ।










प्रतिक्रिया दिनुहोस्