कार्तिक ६, एजेन्सी । दिवंगत वैज्ञानिक स्टिफन हकिङको साइन्टिफिक पेपर्स, हाईटेक ह्विलचेयर र कार्टुन शो ‘द सिम्पसन्स’ लगायतका २२ सामग्री अनलाइन लिलामीमा राखिने भएको छ ।
उनका धेरैजसो सामग्रीको मूल्य करोडौंमा हुनेछ । सन् १९६५ मा क्याम्ब्रिज युनिभर्सिटीमा पढाईको क्रममा लेखिएको रिसर्च पेपरमध्ये एक ‘प्रोपर्टी अफ एक्सपान्डिङ युनिभर्स ’ को लिलामीमा औसत साढे एक लाख पाउन्ड पाउने सम्भावना छ । यो पेपर उनले आफ्नो हातले लेखेका थिए र साइन गरेका थिए ।
उनी २२ वर्षको उमेरमा नै पक्षघातको शिकार भएका थिए । यो स्थितीमा उनले भोइस जेनरेटिङ (आवाज पैदा गर्ने) कम्प्युटर र हाईटेक ह्विलचेयरको सहारामा हिँडिरहेनथे ।
अब उनले प्रयोग गरेको ह्विलचेयरको लिलामी गरिनेछ । यसको लागि कम्तीमा १० देखि १५ हजार पाउन्डसम्मको बोली लाग्न सक्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्