कार्तिक ६, दाङ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको तर सरकार गिराउने विषय अफवाह बनाएको बताउनुभयो ।
नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले हाम्रोबीचमा केही समस्या नभएको बताउँदै मिडियाले हल्ला मात्र फैलाएको बताउनुभयो ।
नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्