हरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी डिआइजी शैलेस थापाले पाएका छन् । यो खवर आजको नागिरक दैनिकमा छापिएको छ ।
थापा यसअघि प्रहरी प्रवक्ता थिए। एसएसपीबाट भर्खरै डिआइजीमा बढुवा भएका थापाले मेट्रोको जिम्मेवारी पाएका हुन्।, त्यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को जिम्मेवारी निरज शाहीले पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ठाकुर ज्ञवालीलाई पठाइएको छ ।
लागुऔषध ब्यूरोमा दिनेश अमात्य, विशेष ब्यूरोमा कमल जिटी, एकेडेमीमा प्रध्युम्न कार्की, त्रिभुवन विमानस्थलमा शेरबहादुर बस्नेत, प्रदेश नम्बर २ मा हरि पाल, प्रदेश नम्बर ५ मा पिताम्बर अधिकारी, प्रबन्धमा नारायणसिंह खड्का र प्रहरी महानिरीक्षकको सचिवालयमा बिनोद शर्मा घिमिरेलाई पठाइएको छ।
त्यसैगरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम राज सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकेका छन्।










प्रतिक्रिया दिनुहोस्