कार्तिक ८, काठमाडौँ । राष्ट्रिय समचार समितिमा कार्यरत चन्द्रलाल श्रेष्ठको अल्पायुमा नै निधन भएको छ ।
विगत लामो समयदेखि राससमा कर्मचारी (सवारी चालक)को रुपमा काम गर्दै आउनुभएका श्रेष्ठ वि.सं. २०२६ साल भदौं १३ गते जन्मनुभएको थियो । उहाँ राससको कर्मचारी युनियनका सदस्य समेत हुनुहुन्थ्यो ।
कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा जन्मनुभएका उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ ।
हाल ललितपुर महानगरपालिकास्थित इमाडोलमा बस्दै आउनुभएका उहाँ रासस कर्मचारी युनियनको कार्यसमिति सदस्य हुनुहुन्थ्यो ।










प्रतिक्रिया दिनुहोस्