कार्तिक ८, काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि जापानले नेपाल सरकारलाई अनुदान सहायता उपलब्ध गराउने भएको छ ।
आज ९बिहीबार० अर्थमन्त्रालयमा सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जापान सरकारकै सहयोगमा बनेको सो राजमार्ग पुनर्निर्माणका लागि जापानले १ अर्ब ८ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको हो । जापानले नेपाललाई दिएको अनुदान रकम हालसम्मकै सबैभन्दा ठूलोमध्येको एक रहेको छ ।
बिपी राजमार्गको कुल लम्बार्इ १६० किलोमिटर रहेको पूर्वी तराइलाई राजधानी काठमाडौँसँग जोड्ने यो सडक जापानी अनुदानमै निर्माण भएको हो । एक वर्षभित्रै मर्मत-सम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने हुने भएको छ ।
नेपालको तर्फबाट अर्थमन्त्रालयका सचिव डा। राजन खनाल र जापानको तर्फबाट नेपालका लागि राजदूत मिसामिची साइगोले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्