समाचार

एयर एसियाले करोडौं रकम नतिरी काठमाडौँको उडान बन्द



कार्तिक ८, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय र नेपाल पर्यटन बोर्डको २० करोड रुपैयाँभन्दा बढी बक्यौता चुक्ता नगरी एयर एसियाले नेपालमा गर्दै आएको नियमित उडान बन्द गरेको छ ।

मलेसियन एयर कम्पनी एयर एसियाले यात्रु अभाव देखाउँदै असोज २७ गतेबाट उडान बन्द बताएको छ । एयर एसियाले विमानस्थल कार्यालयलाई बुझाउनुपर्ने विमानस्थल सेवाशुल्क वापतको १३ करोड रुपैयाँ बक्यौता चुक्ता नगरी उडान बन्द गरेको उनको भनाइ छ।

दूतावासले रकम असुलीका लागि सहयोग गर्ने लिखित प्रतिबद्धताको पत्र पनि पठाएको छ । एयर एसियाले विमानस्थल सेवाशुल्क वापतको साँवा र विलम्ब शुल्कसहित ४० करोड रुपैयाँ तिर्नुपर्ने अवस्थामा थियो । जसमा एयर एसियाले साँवा रकम २७ करोड मात्रै तिरेको उनको भनाइ छ । यसैगरी एयर एसियाले पर्यटन शुल्क वापतको नेपाल पर्यटन बोर्डलाई पनि ७ करोड २३ लाख रुपैयाँ रकम तिरेको छैन ।