कार्तिक ८, काठमाडौं । भ्रष्टाचार मुद्दाका फरार कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले १८ वर्षपछि पक्राउ गरेको छ ।
बिहिबार ब्यूरोले ललितपुरको धापाखेलका ४९ वर्षीय रामकुमार खड्कालाई पक्राउ गरेको हो । खड्कालाई काठमाडौं जिल्ला अदालतको आदेशमा कैद भुक्तानका लागि डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।
खड्काविरुद्ध बैंकमा नियम विपरित एलसी खोलेको आरोपमा पुनरावेदन अदालतले २०५७ कात्तिक २१ गते १ करोड २३ लाख ५३ हजार ८८० रुपैयाँ ३६ पैसा जरिवानाका साथै १ वर्ष कैदको फैसला गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्