चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४६ प्रतिशतको वृद्धि हो । समाचार आजको कान्तिपुरमा छ ।
पछिल्ला वर्षमा निर्यात र आयातबीचको अन्तर निरन्तर फराकिलो बन्दै गएको छ । नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभए पनि तीन महिनाको व्यापार घाटा वृद्धिदर हालसम्मकै उच्च हो ।
अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको छ ।
यही महिनामा एक अमेरिकी डलरको विनिमय दर ११८ रुपैयाँ पुगिसकेको छ । यो हालसम्मकै उच्च हो ।










प्रतिक्रिया दिनुहोस्