कार्तिक १०, काठमाडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्वत, छठ पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम करिव ५० हजारलाई निम्तो दिएको छ ।
समारोह भृकुटीमण्डपस्थित पार्कमा आज दिउँसो १२ बजेदेखि सुरु हुँदैछ । दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणका लागि निम्ता दिइएको छ ।
दिउँसो ३ देखि बेलुका ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका पदाधिकारी, कूटनीतिक नियोगका पदाधिकारीसहितलाई निम्ता गरिएको नेकपाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्