सम्पादकीय

रेमिट्यान्स वृद्धिदर बढ्दै



चालू आर्थिक वर्षको दुई महिनामा १ खर्ब ५४ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

गत वर्ष भदौसम्म रेमिट्यान्समार्फत एक खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको थियो । चालू आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च दरले बढ्न थालेको छ ।

साउनमा रेमिट्यान्स वृद्धिदर ३३।१ प्रतिशत थियो । भदौमा यस्तो वृद्धिदर बढेर ३४ प्रतिशत हाराहारीमा पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।पछिल्ला दुई वर्षयता रेमिट्यान्स वृद्धिदर घट्दो क्रममा थियो ।