समाचार

​भोजपुरमा आगलागी, ८ लाख बराबरको क्षति



कार्तिक ११, भोजपुर । भोजपुरमा सोलारको तार सर्ट भई आगलागी भएको छ ।

हतुवागढी ६ स्थित होमताङमा  थाम बहादुर राईको घरमा सोलारको तार सर्ट भई आगलागी हुँदा  ८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय घोडेटार र स्थानीयको सहयोगमा आगो  नियन्त्रणमा आएको  प्रहरीले  जनाएको छ ।