समाचार

आइतबारदेखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन



कार्तिक ११, काठमाडौं ।  नेपाल प्रहरीले आइतबारदेखि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गर्दैछ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन गरिने नेपाल प्रहरीले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले काठमाडौँमा र सातवटै प्रदेशका मुख्यमन्त्री र जिल्लामा जिल्ला समन्वय समितिका अध्यक्षले सबै जिल्लामा अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हत्या, हिंसा र बलात्कारका घटना कम गर्न स्थानीय तह र विद्यालयमा शिक्षक तथा विद्यार्थीसँग मिलेर कार्यक्रम गरिने भएको छ ।