कात्तिक ११, काठमाडौं । पत्नी हत्या गरी फरार युवकलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ बराहपोखरी गाउँपालिका ६ मौवाबोटेका २२ बर्सिया अनिल परियारलाई महानगरीयअपराध महाशाखाको टोलीले पोखरा महानगरपालिका ७ माछापुच्छ्रे टोलबाट पक्राउ गरेको हो ।
भदौ १२ गते काठमाडौंको बसुन्धराको स्पीड गेस्ट हाउसको कोठा नम्बर १०१ मा बस्ने परियारले पत्नी १८ वर्षकी लक्ष्मी परियारको हत्या गरेर फरार भएका थिए ।










प्रतिक्रिया दिनुहोस्