कार्तिक १२, एजेन्सी । जाकार्तामा एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ ।
इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको र जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका जनाएको छ
जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ ।
लायन एयरर्सको जेटी-६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो ।
प्रतिक्रिया दिनुहोस्