समाचार

जाजरकोटमा जीप दुर्घटना : एकको मृत्यु, एक गम्भीर घाइते



कार्तिक १३, जाजारकोट । जाजरकोटमा आज बिहान जीप पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

कुशेगाउँपालिका ५ खुर्पामा बिहान साढे ६ बजे तिर भे १ ज ५५७ नम्बरको जीप पल्टिँदा चालक कमल परियारको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना भारतीय नागरिक घाइते भएका छन् । उनको नाम र ठेगाना पहिचान हुन सकेको छैन ।