कार्तिक १३, काठमाडौँ । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले यसअघि भएका गल्तीहरुलाई सच्याएर अघि बढ्न सके मिरिक सम्मेलन तामाङ समुदायका लागि कोसेढुंगा सावित हुने बताएका बताउनुभएको छ ।
रेडियो हिमालयसँग कुराकानी गर्दै लामाले भारतको मिरिकमा आयोजना हुने अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलन विश्वभरका तामाङहरुको संगठनलाई एकताबद्ध बनाउनका लागि हुन लागेको उल्लेख गर्दै यही सम्मेलनबाट यसअघिका गल्तीहरु सच्याएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
डिसेम्बर १४, १५ र १६ मा भारतको मिरिकमा हुने सम्मेलनबारे अध्यक्ष लामाले भन्नुभयो, ‘मिरिकमा विश्वभर संगठित बनेका तामाङहरुको संघसंस्थाका प्रतिनिधिहरुले यो सम्मेलनमा भाग लिँदैछन् यसर्थ मिरिक तामाङमय हुदैछ यसैले तामाङ जाति र संघ संस्थाले आगामी दिनमा अपनाउनु पर्ने हरेक पाटाको व्यापक छलफल गर्दै सम्मेलन सफल बनाउनुपर्छ। सबैलाई आह्यवान गर्छु।ु
लामाले २००५ मा दार्जिलिङमा आयोजित दोस्रो सम्मेलनमा भाग लिएको स्मरण गराउँदै थप्नुभयो, ‘दोस्रो सम्मेलनमा म नेपालको प्रतिनिधि भएर भाग लिएको थिएँ । विधान कमिटिमा पनि म थिएँ । चौथो सम्मेलन हुँदै गर्दासम्म पनि यसले अपेक्षा गरे मुताविक खासै उपलब्दी हासिल गर्न नसकेका कारण धेरैमा निरासापन देखिएको छ । यो संगठन नेपाल र भारतको मात्र संगठन हो कि भन्ने खालको भान विश्वभरी परेको छ।’ यो भ्रम चिर्नका लागि सबै ठाउँका तामाङलाई नेतृत्वमा अटाउनुपर्ने सुझावसमेत लामाले पेश गर्नुभयो ।
‘हाम्रो निचोड भनेको विश्वभरीका तामाङ र तामाङको संगठनलाई एकताबद्ध गर्ने संगठन चाहिएको छ । जस्तै तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले नर्थ अमेरिकाभरका तामाङहरुलाई एकतावद्ध गरी अगाडि बढाउने कन्सेप्टका साथ आएको छ त्यसैगरी विश्वभरका तामाङ सांगठनहरुरुलाई एकताबद्ध गरी अघि बढ्ने संस्था चाहिएको हो,’ अध्यक्ष लामाले भन्नुभयो ।
उहाँले हिजोका दिनमा कसले के गर्योठ, किन गरेन, भनेर जान थाल्यो भने तामाङका मिसनहरु र परिकल्पना गरेका सपनाहरु कहिल्यै पुरा नहुने दाबीसमेत गर्नुभयो । त्यस्तै उहाँले भन्नुभयो, ‘म सबैलाई आह्वान गर्छु, यो समयमा हाम्रा पहिचानहरु, मुद्दाहरुसँग हामी धेरै नजिक छौँ । यसको समाधानका उपायहरु कस्ता छन्, समस्या कस्ता होलान र ती समस्या कसरी समाधान गर्ने भनेर हामी जागरुग छौ यति बेला । हामी अब हिजोको गल्तीलाई सच्याएर अघि बढ्नुपर्छ । पछाडि फर्कनु भनेको गन्तव्य विर्सनु हो त्यसो त अग्रजहरुले युवा पुस्ताका लागि प्लेटफर्म बनाइदिनुभएको छ। यो प्लेटफर्म प्रयोग गर्दै नयाँ पिढीले नयाँ कन्सेप्ट र मिसन अनुसार संस्थालाई डोर्याउदै सबल नेतृत्व दिने छन् । सबै तामाङहरुको भावनालाई अटाउनुपर्छ। हामीले आफ्नो जातिको उत्थानको लागि जुन कन्सेप्ट लिएर अगाडि बढेका छौ। त्यो अभियान यहीबाट हामीले थालेको खण्डमा हामी पुरा हुन्छौ।’
संस्था माथि संस्था थुपार्नु र नेतृत्वको होडबाजीले सिथिल्ता पैदा गरेका कारण आम तामाङ जातिको भावनामा ठेस पुगेका छन् अब हामी यस्ता कम्जोरी प्रति सजग भैसकेका छौ ।
यस पटक तामाङ सोसाईटी अफ नर्थ अमेरिकाले विशेष रुपमा भाग लिने जानकारी दिँदै लामाले भननुभयो, ‘हामी कन्सेप्ट सहित भाग लिँदैछौ । तामाङको अधिकारका लागि ठोस योजना सहित हाम्रो उपस्थिति रहनेछ । सबैलाई हाम्रो आह्वान मिरिकमा भेटौँ, व्यापक छलफल गरौँ । हरेक देशको अध्यक्षहरुसँग कोअर्डिनेसन भइरहेको छ । उहाँहरुले समय मिलाइरहनु भएको छ । हरेक देशको नेतृत्वसँग कुरा भइरहेको छ । यो हेर्दा मिरिक सम्मेलन भव्य हुनेछ भन्ने हामीले विश्वास गरेका छौ ।’










प्रतिक्रिया दिनुहोस्