कार्तिक १३, काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली काग्रेसले पाँच उपसमिति गठन गर्दै महासमिति बैठकको तयारी तीव्र पारेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा काग्रेसको आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक बस्दैछ । बैठकका लागि गठन गरिएको मञ्च तथा प्रचार–प्रसार व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी कांग्रेस काठमाडौं कोषाध्यक्ष गोविन्द पुडासैनीले पाएका छन् । उक्त समितिको सहसंयोजक ललितपुर कोषाध्यक्ष कर्मा व्यञ्जनकार र भक्तपुर कोषाध्यक्ष विजेश अवाल रहनुभएको छ ।
आर्थिक व्यवस्थापन समितिमा काठमाडौं सभापति कृष्ण (सवुज) बानियाँ, भक्तपुर सभापति दुर्लभ थापा र ललितपुर सभापति मदन अमात्य रहनुभएको छ ।
भोजन व्यवस्थापन उपसमिति संयोजकमा कांग्रेस भक्तपुर सचिव उद्धव सिलवाल र सह–संयोजकमा ललितपुर सचिव भीमसेन घिमिरे रहनुभएको छ ।
यसैगरी बैठकमा स्वयंसेवक व्यवस्थापनका लागि गठन गरिएको उपसमितिको संयोजकको जिम्मेवारी ललितपुर सचिव भीमसेन घिमिरे र सहसंयोजकमा भक्तपुरका सहसचिव किरण न्यौपाने रहनुभएको छ । स्थानीय व्यवस्थापन सचिवालय उपसमितिको जिम्मेवारी भक्तपुर सचिव निशान ढुंगेलले पाउनुभएको छ ।
कांग्रेसले यस अघि नै काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा स्थानीय व्यवस्थापन समितिसमेत गठन गरिसकेको छ ।










प्रतिक्रिया दिनुहोस्