कार्तिक १४, काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ९५ एम्पुल लागुऔषध बिक्री वितरण गर्दै हिँडिरहेको अवस्थामा सुर्खेतका ३८ वर्षीय हर्षबहादुर शाही र रामेछापका ३८ वर्षीय झपडबहादुर कार्कीलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुबाट ३६५ एम्पुल डाइजेपाम, ३६५ एम्पुल फेर्नागन र ३६५ एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका शाही कमलादीस्थित बैँक अफ काठमाडौँ लुटपाटको घटनामा संलग्न रही १० वर्ष कैद भुक्तान गरी छुटेपछि लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्