कार्तिक १४, चितवन । विशेष आदलतले चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालका पूर्वअध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैदको सजाय सुनाएको छ ।
न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले मंगलबार श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको हो । उहाँलाई विशेष अदालतले एक वर्ष कैद, १ करोड १८ लाख जरिवाना र सोबराबरको सम्पत्ति जफत गर्ने फैसला गरेको छ ।
अख्तियारले दाबी गरेकोमध्ये ४८ लाख ९० हजार ३ सय ३७ रुपैयाँ श्रेष्ठको वैध सम्पत्ति रहेको र बाँकी १ करोड १८ लाख ६६ हजार रूपैयाँ अवैध ठहर्या३एको छ ।










प्रतिक्रिया दिनुहोस्