राजनीति

मधेसी जनताको रगतसँग साटिएको संघियता कुनै हालतमा गुम्न दिदैंनौं : नेता काइराला



कात्तिक १४, रौतहट। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता मधेसी जनताको रगतसँग साटिएको संघियता नेपाली काग्रेसले कुनै पनि हालतमा गुम्न नदिने ठोकुवा गर्नुभएको छ ।

रौतहटको पिपरामा आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले कम्युनिस्टहरूले कुनै बेला पनि संघीयता स्वीकार नगर्ने तथा संघियता समाप्त पार्ने खेलमा लागेको आरोप लगाउनुभयो ।

मधेसी जनताको हक र अधिकारको ग्यारेन्टी कांग्रेसले मात्रै लिन सक्ने भन्दै मधेस र मधेसी जनताको शिर कहिल्यै पनि झुक्न र स्वाभिमान गिर्न नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।