कार्तिक १४, काठमाडौ । माथिल्लो तामाकोशीको दोस्रो चरणको सेयर बुधबार ३ वर्गमा विभाजन भएको छ ।
क वर्गमा : जसमा ३० कित्ता देखि १०० कित्तासम्म माग गरेर आवेदन दिनेलाई सोही बराबरको सेयर परेको छ भने ११० कित्ता देखि ३०० कित्तासम्म सेयर माग गरेर आवेदन दिनेलाई १ सय २ कित्ता सेयर परेको छ ।
जसमा ३० कित्ता देखि १०० कित्तासम्म माग गरेर आवेदन दिनेलाई सोही बराबरको सेयर परेको छ भने ११० कित्ता देखि ३०० कित्तासम्म सेयर माग गरेर आवेदन दिनेलाई १ सय २ कित्ता सेयर परेको छ ।
ख बर्गमा : ३० कित्तादेखि ४० कित्ता सेयर माग गरेर आवेदन दिएकालाई सोही बराबरको सेयर बाँडफाँड गरिएको छ । यस्तै ५० देखि ३०० कित्तासम्म सेयर माग गर्ने सम्पूर्ण आवेदकले ४८ कित्ता सेयर पाएका छन् ।
‘ग’ वर्गमा : ३० कित्ता माग गर्नेलाई ३० कित्ता परेको छ भने ४० कित्ता माग गर्ने आवेदकलाई ३२ कित्ता परेको छ । ५० कित्ता देखि ३०० कित्तासम्म माग गर्नेलाई ३४ कित्ता परेको छ ।
यस्तै बाँकी रहेको १ हजार ५ सय ९८ कित्ता सेयर सेयर क वर्गका लागि ३०० कित्ता आवेदन दिने ४ हजार १ सय ८६ आवेदकलाई गोलाप्रथाबाट थप १ कित्ता बाँडफाँड गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्