समाचार

रौतहटको छुट्टाछुट्टै स्थानमा दुईवटा शव भेटियो



कात्तिक १५ , रौतहट । रौतहटमा गरुडा नगरपालिका ८ र माधवनारायण नगरपालिका ६ मा दुईजना पुरुषको शव फेला परेको छ ।

माधवनारायण नगरपालिका खेतमा ३० वर्षको उमेरका शव भेटिएको र गरुडा नगरपालिका ८ को जिंगडीयामा  ३५ वर्षका शव भेटिएको  प्रहरीले जनाएको छ ।

दुवै शवको सनाखत हुन सकेको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।