समाचार

पर्यटन मन्त्रालयद्वारा १०० वटा नयाँ पर्यटकीय गन्तब्यको छनोट



कात्तिक १५ , काठमाडौं । सरकारले  १००  वटा नयाँ पर्यटकीय गन्तव्य छानेको छ  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।

छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।

नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो । पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई छनोट गरका छन ।