विश्व

म्यानमारमा आज संसदीय निर्वाचन



कार्तिक १७, एजेंसी ।  म्यानमारको संसद्का लागि शनिबार निर्वाचन भएको छ ।

शनिबार बिहान सुरु भएको  निर्वाचनमा विभिन्न २४ पार्टीका ६२ जनासहित कुल ६९ जना उम्मेदवार रहेको अधिकारीले जनाएका छन् ।

सात जना स्वतन्त्र उम्मेदवार रहेका छन भने  देशका नौ क्षेत्र तथा प्रदेशबाट निर्वाचित हुने १३ संसदीय सिटका लागि सांसद छनौट गर्न एक हजार ३८३ ठाउँमा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनका लागि सत्तारुढ दल नेस्नल लिग फर डेमोक्रेसी ९एनएलडी०ले सबै अर्थात् १३ सिटका लागि उम्मेदवार उठाएको छ भने पुर्वसत्तारुढ दल युनियन सोलिडारीटी एण्ड डेभलभमेन्ट पार्टी ९युएसडीपी०ले दश सिटमा उम्मेदवार बनाएको छ ।