Banner News

धार्मिक सहिष्णुताको विकास : शंखधरको प्रतिमामा प्रम ओलीद्वारा माल्यार्पण हुने



कात्तिक १८, काठमाडौँ । धार्मिक सहिष्णुता बोकेको शंखधरको प्रतिमामा प्रधानमन्त्री ओलीले माल्यार्पण गर्नुहुने भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको आयोजनामा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका नयाँ ठिमी स्थित उक्त प्रतिमामा आगामी २२ गते बिहिबार माल्यार्पण हुने भएको हो ।

राष्ट्रिय विभूतिको रुपमा परिचित शंखधरको प्रतिमामा नेपाल संम्वत् ११३९ को उपलक्ष्यमा माल्यार्पण गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले जानकारी गराउनुभयो ।

उहाँले नेपालको कक्षा ६ को शैक्षिक पाठ्यक्रममा समेत समावेश भएको विभूतिको बारेमा राज्य तथा जनता अनभिज्ञता रहेको दुखेसो व्यक्त गर्नुभयो ।

सास्कृतिक झाँकी सहित हुने उक्त कार्यक्रममा नेपाल संम्वत् लाई स्थापना गर्न तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई उच्च मूल्याङकन गर्दै दुईजनालाई सम्मान समेत गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शंखधरको पहिचान स्थापना गर्न मौलिक सम्वत्लाई राष्ट्रिय सम्वत्को रुपमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त शंखधरको माध्यमबाट भक्तपुर र प्रधानमन्त्रीसँग प्रत्यक्ष जोड्ने समेत काम गरेको भन्दै शंखधरको प्रतिमा तथा अन्य भौतिक संरचना निर्माण गर्न सरकारको तर्फबाट ५० लाखको सहयोग हुनुपर्ने बताउनुभयो ।

त्यस्तै प्रदेश नं. ३ का प्रदेश सांसद शसीजंग थापाले तीन वटै तहको सरकारसँग भएको स्रोत तथा साधन प्रयोग गरी विभुतिको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं. ३ प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठले विभूतिको बारेमा जनचेतनामूलक कार्य गर्दै नेपाल संम्वत्लाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नु पर्नेमा जोड दिनुभयो ।