कार्तिक १८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कैलालीमा भागबण्डाको टुंगो लगाएको छ । १३ वटा स्थानीय तहमध्ये तत्कालीन एमालेले सात तथा तत्कालीन माओवादी केन्द्रले छ वटाको नेतृत्व पाउने भएका छन् ।
एमाले : धनगढी उपमहानगरपालिका तथा लम्कीचुहा, गौरीगंगा र घोडाघोडी नगरपालिका तथा जोशीपुर, जानकी र चुरे गाउँपालिका कमिटीको नेतृत्व पाउने छ ।
माओवादी : टीकापुर, गोदावरी र भजनी नगरपालिका तथा मोहन्याल, कैलारी र बर्दगोरिया गाउँपालिका कमिटीको नेतृत्व पाउने छ ।
कैलालीका १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये २ को क, ३ को ख, ४ को क र २ तथा ५ को क, प्रदेश सभा समन्वय कमिटीको संयोजक तत्कालीन एमालेको भागमा परेको छ भने तत्कालीन माओवादी केन्द्रले १ को क र ख, २ को ख, ३ को क र ५ को ख नम्बर प्रदेश सभा समन्वय समितिको संयोजक पाउने भएको छ ।
कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमध्ये १, २ र ३ को निर्वाचन क्षेत्रीय समन्वय कमिटीको संयोजक तत्कालीन एमालेको भागमा परेको छ भने क्षेत्र नम्बर ४ र ५ को संयोजक तत्कालीन माओवादी केन्द्रले पाउने भएको छ ।
नेकपाको धनगढी उपमहानगर कमिटी १०१ सदस्यीय रहने र कमिटीमा तत्कालीन एमालेका ५५ र तत्कालीन माओवादीका ४६ जना रहने छन् । त्यस्तै, नगरपालिका स्तरीय कमिटीहरू ८१ सदस्यीय रहने र ती कमिटीमा तत्कालीन एमालेका ४४, तत्कालीन माओवादीका ३७ जना रहने निर्णय गरिएको छ ।
गाउँपालिका कमिटी ७५ सदस्यीय रहने तथा तत्कालीन एमालेका ४१ र तत्कालीन माओवादीका ३४ जना सदस्य रहने नेकपा कैलालीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्