कात्तिक १९, काठमाडौ । उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा आज शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गर्नुभएको छ ।
उपराष्ट्रपतिको कार्यालय, बहादुरभवनमा दिउँसो साढे २ बजेपछि चियापान कार्यक्रम हुने भएको छ ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीहरु, कुटनितिक क्षेत्रका प्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्