कात्तिक १९, नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा रोकी रहेको ट्रकमा बस ठोक्कीदाँ ११ जना घाइते भएका छन् ।
आज बिहान ५ बजे नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिका बस्ने ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
घाइते तीन जनाको नया मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्