कार्तिक १९, एजेंसी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् ।
बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।
युएनपी समर्थकहरुले अन्तर्राष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन् ।
राष्ट्रपति सिरिसेनाले संसदीय कारबाही स्थगित गर्नुका साथै प्रधानमन्त्री विक्रमासिङ्घेलाई पदबाट हटाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्