कात्तिक १९, काठमाडौं । काठमाडौंको शोभाभगवतीमा वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको साेमबार अन्त्येष्टि गरिएको छ ।
लाजिम्पाटदेखि शोभाभगवती तुलाधरको शवयात्रा गरिएको र शवयात्रामा विभिन्न जातीय संस्था, वौद्ध धर्मावलम्बी, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।
मस्तिष्कघात भएपछि अस्पताल लगिएको तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा ७७ वर्षको उमेर आइतबार दिउँसो निधन भएको थियो ।










प्रतिक्रिया दिनुहोस्