कात्तिक १९, चितवन राजेन्द्र आचार्य । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले सुन्दर, शान्त, स्वच्छ र हाराभारा महानगर बनाउन आवश्यक ऐन, नियम, कानुन बनाएर कारवाही गर्ने बताउनुभएको छ ।
हरेक हप्ता नयाँ ठाउँमा गई महानगरपालिकाले आफै सरसफाईमा सरि भई आम जनतालाई प्रेरित गर्दै आएको अभियान अन्तर्गत आज महानगरपालिका परिसरदेखि सहिदचोकसम्म गरिएको सरसफाई कार्यक्रममा बोल्दै मेयर दाहालले आफुहरु महानगरलाई सरसफाई युक्त राख्न आग्रह, अपिल, पत्रचार गरेको बताउदै यति गर्दा पनि भएन् भने आफु कडा ढगंले कार्यपालिका वैठकबाटै नीति र कानुन के बनाउन पर्छ त्यो बनाएरै कार्वाही गर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, “यदि यो आग्रह अनुरोधलाई फेरि पनि सुनेको नसुन्यै गरेर, कानमा तेल हालेर बस्ने परिपार्टी यहि स्थिितमा रहन्छ भने महानगर कडाईका साथ समृद्धिका लागि आवश्यक ऐन नियम कानुन बढाएर अगाडी बढ्छौँ ।”
महानगरलाई उत्कृष्ट र समृद्ध महानगर बनाउन आफ्नो टिम स्मार्ट सिटिको परिकल्पना गदै अगाडी बढिरहेको सन्र्दभमा स्मार्ट सिटिको परिकल्पना गरिदा स्मार्ट पिपुलसगैँ स्मार्टनेस हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हरेक होटल, हरेक पसलको अगाडी, रेष्टुरेन्टको अगाडी एकदम फोहरहरु, आफ्नो घर भित्रको फोहर सडकमा थुपारिएको छ । त्यसले हाम्रो शहरलाई स्वच्छ सफा, हराभरा, सुन्दर, शान्त बनाउने सपनालाई अप्ठारो बनाई राखेका छ, म के अनुरोध गर्न चाहान्छु भने, यो अभियानमा नगरवासीको सक्रिय सहभागीता हुनु जरुरी छ ।”
“महानगरपालिका मात्रै एक्लैले चाहेर मात्रै सरसफाई हुनु सक्दैन्, गाह्रो छ, कठिन छ, यसमा सबैको सहभागीता भयो भने मात्रै सफलता मिल्छ । व्यवस्थित सुन्दर शान्त महानगर बनाउन सक्छौँ । सफाई युक्त महानगर बनाउन सक्छौँ”, उहाँले भन्नुभयो ।
सो अवसरमा महानगरका प्रवक्ता एवं वडा नम्बर १० का अध्यक्ष अरुण पिडित भण्डारीले सबै सेचत र सबै गम्भीर हुदै सरसफाईमा सक्रिय सहभागीता जनाउन आग्रह गरेका थिए ।
महानगरपालिका गेटदेखि सुरु भएको सो कार्यक्रम लायन्सचोक, शहिदचोक लगायतका स्थानमा सरसफाई गरिएको थियो । सो अवसरमा पसलेहरुले नै जथाभावी फोहर गरेको र घर ट्वेलेटको दिसा समेत सिधै ढलमा मिसाईएको पाईएको थियो ।
सरसफाई अभियानमा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहित महानगरका पदाधिकारी एवं कर्मचारीहरु, लगायत विभिन्न कार्यालयका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, टोल विकास समितिका पदाधिकारी एवं सदस्यहरु, सरसफाई अभियन्ताहरु, सामाजिक संघसंस्था तथा नागरिक समाजका अगुवा एवं सदस्यहरु, मिडियाकर्मी तथा स्थानीय व्यवसायी एवं सर्वसाधरण समेतको सहभागितामा रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्