सम्पादकीय

तुलाधरकै सूर्य चिन्ह लिएकाे थियाे एमालेले



वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको थियो । उनको पार्थिव शरिरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री र्इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए । उनको नेवारी परम्पराअनुसार काठमाडौको शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हाे । अाजकाे राजधानी दैनिकमा छ ।

तत्कालीन नेकपा एमालेको समर्थनमा २०४८ र २०५२ सालमा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री समेत भए । राष्ट्रिय पञ्चायतको सदस्यका लागि त्यसबेला जनपक्षीय स्वतन्त्र उम्मेदवार हुँदा उनले ‘सूर्य’ चिह्न लिएका थिए । तुलाधरकै सूर्य चिह्न तत्कालीन नेकपा (एमाले) र हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको छ ।

तुलाधरले पञ्चायतको उत्तरार्द्धमा सो व्यवस्था अन्त्यका लागि सशक्त आवाज उठाएका थिए । तत्कालीन भूमिगत नेकपा मालेले पञ्चायत उपयोग गर्ने नीति लिएपछि देशभरबाट जनपक्षीय उम्मेदवार खडा गरेको थियो । काठमाडौंबाट निर्वाचन जितेर आउने तुलाधर थिए । उनीसँगै देशभरिबाट पाँच उम्मेदवार मात्रै विजयी भएका थिए ।

काठमाडौंबाट जितेका कारण तुलाधरको अभिव्यक्तिलाई संसदभित्र पनि गम्भीरतासाथ लिइन्थ्यो । बसन्तपुरमा आयोजित चुनावी सभामा तुलाधरले गरेको भाषणको क्यासेट बजारमा आउँथे । ती क्यासेट ब्ल्याकमा बिक्री हुन्थ्यो ।