समाचार

दुई दिन सार्वजनिक बिदा



कात्तिक २०, काठमाडौँ । नेपालीहरुका महान् चाडपर्वहरु भइरहदाँ छठ पर्वको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि केन्दीय सरकारले छठमा १ दिनमात्र विदा दिँदै आएको थियो । कात्तिक २७ गते छठ पर्वको उपलक्ष्यमा सो दुई दिन विदा दिने निर्णय गरेको प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतले जानकारी दिनुभयो ।

छठपर्वको अवसरमा प्रदेशभरका पोखरी, तलाउ, नदी तथा पानीका मुहानलाई स्वच्छता अभियान अन्तर्गत सफा बनाउने पहल सुरु भएको छ ।