Banner News

नेप्सेको कारोबार अनलाइनबाट : घरबाटै शेयर खरिदबिक्री



कात्तिक २०, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर बजारमा आजदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको शुभारम्भ गर्नुभएको छ ।

नेप्से स्थापनाको २५ वर्षपछि नेपालमा पहिलोपटक शेयर बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली भित्रिएको हो । लामो समयदेखि प्रतीक्षा र चर्चाको विषय रहेको यस अनलार्इन कारोबार प्रणालीले नेपालको शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।

अब शेयर बजारका लगानीकर्ताले मोबाइल र कम्प्युटरबाट घर वा कार्यालयमै बसीबसी आफैंले सेयर कारोबार गर्न सक्ने भएका छन् । यो सुविधा तत्कालै लगानीकर्ता स्वयंको हातमा भने आउने छैन, ब्रोकरहरु अभ्यस्त भइसकेपछि मात्र लगानीकर्ताको हातमा पूर्ण स्वचालित अनलाइन प्रणाली आउने नेप्सेले जनाएको छ ।