राजनीति

सरकारले तत्काल आर्थिक, सामाजिक तथा रोजगारीसँग जोडेर नयाँ कार्यक्रम ल्याउँछ : सांसद बस्नेत



कात्तिक २०, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान प्रधानमन्त्री केपी ओलीले तत्कालै आर्थिक, सामाजिक तथा रोजगारीसँग जोडेर नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने बताउनुभएको छ ।

आज नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ७ ले आयोजना गरको २०७५ सालको शुभ दिपावली, नेपाल सम्वत्, छठ, लोसार लगायत समस्त नेपाली चाडपर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले राज्यको पूर्नःसंरचना पछि केही अनुकुलता थपिएको बताउनुभयो । उहाँले सरकारले तत्कालै बजेट परिमार्जन गर्ने र लोकप्रिय कार्यक्रमहरु ल्याउने उद्घोष गर्नुभयो ।

प्रमुख प्रतिपक्षि दल तथा नेपाल मजदुर किसान पार्टीले भक्तपुर तथा देशभर गरेको विकास विरोधि कार्यहरुप्रति कडा रुपमा आपत्ती जनाउँदै उहाँले भन्नुभयो, ‘विरोध गर्दै गर्नुहोस्, भक्तपुरको विकास भयो भायो अब इन्द्रेको बाउ चन्द्रेले पनि रोक्न सक्दै ।’

सांसद कानुन निर्माता मात्र होइन विकासको नेतृत्व पनि रहेको बताउँदै सांसद बस्नेतले नेमकिपाले विकास निर्माणको दृष्टिकोण नै फरका कारण भक्तपुरमा परेको राष्ट्रिय गौरबका आयोजनाहरुको विरोध गरको बताउनुभयो । नेमकिपाले रंगशाला, प्रदेश राजधानी, सभागृह, प्राणी उद्यान केन्द्र लगायतका राष्ट्रिय गौरवका आयोजनाहरुको विरोध गरेको तर त्यो विरोधले निर्माण कार्य नरोकिने बताउनुभयो ।

उहाँले सरकारले तथ्य र प्रमाणका आधारमा हत्यारा तथा बलत्कारीलाई कारवाही गर्ने बताउँदै त्यसमा काग्रेसले टाउको नदुखाउन समेत आग्रह गर्नुभयो । कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको हत्यारालाई सरकारले कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सांसद बस्नेतले एसपी दिलिप विष्ट नेपाली काग्रेस निकट भएको स्पष्ट भएको बताउँदै एसपी विष्टकै कारण अनुसन्धानमा समस्या उत्पन्न गराएको बताउनुभयो । त्यस्तै सरकारले एसपी विष्ट साथै इनिष्पेक्टरलाई सेवाबाट बरखास्त गरी उच्च स्तरिय छानविन समितिले छानविन गरिरहेकोले समय केहि समय लागे पनि दोषी पत्ता लगाई कानुनी कठाघरमा ल्याउने समेत बताउनुभयो ।

पानी माथिको ओभानो बनि काग्रेसले सरकारले हत्यारा पत्ता लागेन भनेर स्यालहुइया गर्नुको कुनै तुक नभएको बताउँदै उहाँले काग्रेसलाई प्रतिपक्षमा बस्न ठूलै छटफटाहट भएकोले सरकारको राम्रो कामलाई समेत नराम्रो देख्ने गरेको बताउनुभयो ।

उहाँले सरकारका हरेक कार्यमा समस्या उत्पन्न गराउने खेलमा प्रतिपक्षि दल काग्रेस तथा नेमकिपा लाग्दै पत्रपत्रिका तथा रेडियो, टिभीमा सरकारको आलोचनालाई सदनमा प्रस्तुत गर्ने गरेको बताउनुभयो । प्रतिपक्षिदल तथा सांसद प्रेम सुवालले सदनमा जनताका समस्या, अप्ठ्यार, बाध्यताहरुले नवोलेको समेत बताउनुभयो ।

६० प्रतिशत समय आफ्नो क्षेत्र र ४० प्रतिशत क्षेत्र नं. १ मा दिने उद्घोष गर्दै सांसद बस्नेतले समग्र भक्तपुरमा खानेपानी, सडक, ढल, पुल लगायतका कार्यहरु द्रुत गतिमा अघि बढेका बताउनुभयो । त्यस्तै फिनल्याण्डको टोलिले स्मार्ट सिटी बनाउन १२ करोडमा डिपिआर गर्न जिम्मा पाएसँगै कामलाई अघि बढाइरहेको बताउनुभयो ।

त्यस्तै उहाँले खानेपानी, सिचाईको समस्यालाई समाधान गर्न मुहानपोखरीको ड्याम्प बनाउने, चाँगुनारायणमा विर अस्पताल बनाउन १२ करोड बजेट विनियोजन गरेको, नेपाल इन्जिनियरिङ कलेको समस्या समाधान गर्दै चाँगुनारायणवासीको मान र प्रतिष्ठाको रुपमा विकसित गराउने, चाँगुनारायणमा मानव अंग प्रत्यारोपण केन्द्रको ल्याउन पहल शुरु गरिएको जानकारी गराउनुभयो ।

उक्त स्थानमा स्व. हरिशरण लामिछानेको उल्लेख्य योगदान रहेको बताउँदै शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका तमान क्षेत्रसँग जोडिएर विकास निर्माणका कार्यहरु अघि बढाउने बढीरहेको जानकारी गराउनुभयो । उहाँले नगरकोट जानेबाटो हरिशरणमार्ग बनाउने उद्घोष समेत गर्नुभयो ।

विश्वसम्पदा सूचिमा चाँगुनारायण क्षेत्र र दरवार स्क्वायर क्षेत्रको विकास र विस्ताको लागि डेढ अर्व रुपैया विनियोजन भएको बताउँदै पुरानो वस्तीलाई व्यवस्थीत गर्दै आधुनिक सहरको विकास गर्न सवै एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले पहिलो चौमासिकमा सरकारले अनुमान गरे भन्दा ४२ प्रतिशत राजश्व संकलन गर्दै सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।