कात्तिक २०, काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ भने उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गरेको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महासमिति बैठकको आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म बस्ने भएको छ । यसअघि कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो ।
बैठकले गच्छदारलार्इ उपसभापतिमा मनोनित गर्दै तत्कालीन लोकतान्त्रिक फोरम नेपाल र कांग्रेस औपचारिक रूपमा एकता भएको घोषणा गरेको छ ।
तिहार, छठलगायतका चाडपर्वहरू संघारमा आएकोले महासमिति बैठकको मिति सारिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
जिल्लागत रूपमा पार्टी संगठन र भातृ संगठनको एकताका लागि पार्टी सभापति विमलेन्द्र निधिको संयोकत्वमा समिति गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्