समाचार

भरतपुरबाट नगद सहित २३ जुवाडे पक्राउ : तत्कालै मुद्दा दायर



कात्तिक २२, चितवन । भरतपुर महानगरपालिका विभिन्न स्थानबाट नगद सहित २३ जना जुवाडे पक्राउ परेका छन् ।

चितवन प्रहरीको जुवातास नियन्त्रणको अभियान अन्तर्गत गएराति १ बजे भरतपुर मनपा वडा नं. १६ शरणपुरमा पैसाको हारजित हुने गरी बाजी थापी कौडा खेली रहेको अवस्थामा फेला परेका १९ जनालाई पक्राउ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक (एसपी) सुशिलसिहं राठौरले जानकारी दिनुभयो । यस्तै उनीहरुबाटै कौडा १६ थान र नगद १ लाख ४९ हजार ६ सय ८५ रुपैया समेत बरामद गरिएको प्रहरीले छ ।

यस्तै गएराती ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर मनपा वडा नं. १५ फुलवारी कमलपोखरीबाट पैसाको बाजी थापी कौडा खेल्ने ४ जनालाई पक्राउ गरी कौडा १६ थान र नगद ३ लाख ६ हजार २ सय ६५ रुपैया बरामद गरिएको छ ।

पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गर जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको एसपी राठौरले बताउनुभयो ।

जुवातास खेल्नु र खेलाउनु कानून बिपरितको कार्य भएको र यसबाट समाजमा समेत नकरात्मक असर पर्ने भएकोले जुवातास नखेल्न र नखेलाउन सर्व साधारणहरुमा यस जिल्ला प्रहरी कार्यालय चितवन अनुरोध गरेका छ । यसै विच जिल्लामा तिहारको आजसम्म अवधिमा ६५ जना जुवाडेलाई पक्रा गरेको छ ।

चितवन प्रहरीको विशेष टिमले खैरहनीमा २ ठाउँ टाडीँमा १ ठाउँ, भरतपुरमा ३ ठाउँ, गीतानगरमा ३ ठाउँ र रामपुरमा १ ठाउँ गरि ६५ जनालाई पक्राउ गरि २५ लाख रुपैयाँ समेत वरामद गरेको एसपी राठौरले जानकारी दिनुभयो ।