Banner News

अविकसित र गरिविको कुचक्रलाई तोडेर आगामी चार बर्षमा अल्पविकसित : प्रम ओली



कात्तिक २३, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धिका साथमा पछौटेपन, अविकास र गरिविको कुचक्रलाई तोडेर आगामी चार बर्षमा देशलाई अल्पविकसित बनाउने बताउनुभएको छ ।

तिहारका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधरण तिव्रता दिइने बताउनुभएको छ । सन्देशमा ओलीलेभन्नुभएको छ, ‘सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हाँसिल गर्न हामी दृढ संकल्पित छौं ।’ समृद्धिको प्रतिक लक्ष्मीपुजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको छ ।

ओलीले देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गर्नुभएको छ । हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘देशमा राजनीतिक स्थायित्व कायम भइसकेको छ । सरकार सुशासनका निम्ति समर्पित छ । उत्तरदक्षिण दुवैतिरका छिमेकीहरुसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ, ‘हामीसँग सक्रिय जनसंख्याको बाहुल्यता छ । यस अनुकूलतताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउदैछौं ।’