कात्तिक २४, काठमाडौँ । किरात धर्मका महागुरु तथा १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश न. १ अन्तर्गत पर्ने उक्त गाउँपालिकाको २९ औँ वैठकले कातिक २५ गते महागुरु फाल्गुनन्द जयन्तीमा सार्वजनिक विदा दिईने निर्णय गरेको हो । सरकारले किराँत धर्मवालम्वीहरुलाई मात्र विदा दिने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने सो दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।










प्रतिक्रिया दिनुहोस्