समाचार

दीपज्योती टुर्स एण्ड ट्राभलद्वारा काठमाडौँ–जनकपुर बस सञ्चालन



कात्तिक २५, काठमाडौं । दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले काठमाडौँबाट जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ ।

प्रदेश २ र जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको प्रालिले जनाएको छ । साथै  काठमाडौँ–पोखरा बस सञ्चालन गर्दै आइरहेको प्रालिले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो ।