Banner News

सरकारको अबको ध्यान विकास निर्माण तर्फ केन्द्रित हुन्छ : उप्रम पोखरेल



कार्तिक २५, काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुन निर्माण प्रक्रियाको फेरो एक चरणका लागि पूरा हँदै गएकोले सरकारको अबको ध्यान विकास निर्माण तर्फ केन्द्रित हुने बताएका छन ।

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरको दर्शन पछि फर्कने क्रममा आज फुङ्लिङमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारको गति सुस्त भएको होइन, संक्रमणकाल कायम रहेको र यो अवस्थामा अरु थुप्रै बिषय मिलाउनमा सरकारले ध्यान दिनुपर्ने भएकोले जनताले सोचे जस्तो विकासको गति अघि बढ्न नसकेको हो’, उनले भने  अब जनताले गुनासो गर्नु नपर्ने गरी सरकारले जनताका आवश्यता सम्बोधन गर्दै जाने बताएका छन ।

कानुन नभए राज्य सञ्चालन पद्धतिमै समस्या आउने अवस्थामा विकास निर्माण भन्दा पहिलो प्राथमिकता कानुन निर्माण भएकोले जनताले आसा गरे अनुसार विकासको गति अघि बढ्न नसकेको उनले बताए।