विश्व

कंगोमा इबोला फैलिदा २०० भन्दा बढीको मृत्यु



कात्तिक २५, एजेंसी । अफ्रिकी मुलुक कंगोमा इबोला भाइरस फैलिदा २०० भन्दा धेरैको मृत्यु भएको छ ।

कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको बेनी शहरका बासिन्दा रहेका छन् ।

कंगोका स्वास्थ्य मन्त्री ओली इलुंगाले सशस्त्र विद्रोही समूहहरुले मेडिकल टिमलाई अवरोध गरिरहेको कारण भ्याक्सिन लगाउने काममा ढिलाइ भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एदानमले कंगोमा देखापरेको वर्तमान महामारीसँग लड्नको लािग सुरक्षाको कमीले ठूलो चुनौती थपेको बताएका छन् ।